Logo

बिहिवार, फाल्गुण १३ गते २०७७

जन्मदिनमै प्रधानमन्त्री ओलीविरुद्ध यति ठूलो षडयन्त्र, बालुवाटारले असफल पार्यो त!

जन्मदिनमै प्रधानमन्त्री ओलीविरुद्ध यति ठूलो षडयन्त्र, बालुवाटारले असफल पार्यो त!

Nepal Pana फाल्गुण ११ २०७७
  • 5.6K
    SHARES
  • जन्मदिनमै प्रधानमन्त्री ओलीविरुद्ध यति ठूलो षडयन्त्र, बालुवाटारले असफल पार्यो त!

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जन्मदिन मनाइरहेकै बेला उनलाई झस्काउनेगरी एउटा खबर आयो, महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिए । यो खबरको अर्थ हो प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री ओली हार्दैछन् अर्थात विपक्षमा फैसला आउने भएकाले खरेलले राजीनामा दिए ।

    यो प्रचारको सिलसिला सञ्चारमाध्यवमबाट सुरु भयो । पहिलो त राजीनामा दिएको ठोकुवा गरियो, दोस्रो फैसला विपक्षमा आउने भएपछि पछि हटेको भन्ने अर्थमा प्रचार गरियो । यसरी बाहिर माहोल प्रधानमन्त्रीविरुद्ध बनाउने षडयन्त्रलाई बालुवाटारले खण्डन गरेर असफल पारेको छ ।

    बालुवाटारले त खण्डन गर्यो नै महान्यायाधिवक्ता खरेल स्वयंले पनि कडा शब्दमा खण्डन गरे । आफूले राजीनामा नदिएको उनले स्पष्टिकरण दिए । 

    समाचार के सम्म आयो भने विघटन मुद्दाको बहसका क्रममा सरकारको बचाउ गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट रहेको र यसैकारण खरेलले राजीनामा दिएका छन् । 

    तर खरेलले आफ्नो र सरकारको बदनाम गर्नका लागि दुष्प्रचार गरिएको भन्दै भण्डाफोर गरे । ‘मैले राजीनामा किन दिने? दिनुपर्ने कुनै कारण नै छैन,’ खरेलले भने ।

    महान्यायाधिवक्ता खरेलले आफूविरुद्ध कुनामा बसेर षडयन्त्र गरिएको भन्दै आक्रोश पोखे । ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेहरुले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए । यो सत्य होइन । फैसला हाम्रो पक्षमा आउँछ भन्ने विश्वास छ । अदालतको फैसलालाई सरकारले सम्मान गर्छ । हल्लाको पछि नलाग्न म आम जनमानसमा अनुरोध गर्दछु,’ खरेल भने। 

    जन्मदिनमै प्रधानमन्त्रीलाई धक्का दिनेगरी सरकारको बदनाम प्रयासमा भएको हल्ला अन्तत यसरी खण्डित भयो ।

    फाल्गुण ११, २०७७ मंगलवार १३:०३:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana