Logo

सोमवार, आश्विन १७ गते २०७९

संसद पुनर्स्थापना भएसँगै जंगी अड्डामा खैलाबैला ! नेपाली सेनाका फौज तयारी अवस्थामा

संसद पुनर्स्थापना भएसँगै जंगी अड्डामा खैलाबैला ! नेपाली सेनाका फौज तयारी अवस्थामा

नेपाल पाना फाल्गुण १२ २०७७
  • 16.0K
    SHARES
  • संसद पुनर्स्थापना भएसँगै जंगी अड्डामा खैलाबैला ! नेपाली सेनाका फौज तयारी अवस्थामा

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै प्रमुख सुरक्षा निकाय नेपाली सेना अलर्ट भएको छ । पुनर्स्थापनाको फैसलासँगै जंगी अड्डाले विशेष तयारी थालेको हो । पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आंकलनमा सेना जुटेको हो । 

    सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको स्पष्ट पार्दै प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सूक्ष्म आँकलन गर्ने हाम्रो नियमित प्रक्रियाभित्रै पर्छ, त्यो भइरहेको बताए । 

    विकसित अवस्थाबाट कुनै सुरक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आँकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आदानप्रदान गर्ने विगतदेखि नै भइरहेको र त्यो अहिले पनि गरिरहेको स्पष्ट पारे । सङ्क्रमणको अवस्थामा सुरक्षाको अवस्थाका लागि विचार गरेर अरुलाई पनि थप सजग गराउने र फौज सजग रहने उनको भनाइ छ । 

    नेपाली सेनाको मुख्य सरोकारको विषय भनेको उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति नै भएको बताउँदै प्रवक्ता पौडेलले यस विषयमा अन्य सुरक्षा निकायसँग समन्वय र सम्पर्कमा रहेको उल्लेख गरे । 

    देशमा शान्ति सुरक्षा कायम गर्नेबारे सेनाले अरु सुरक्षा निकाय र स्थानीय प्रशासनलाई सहयोग गर्नुपर्ने अवस्था आइपरेको खण्डमा के कस्तो सहयोग गर्ने भन्ने विषयमा स्ट्याण्डबाई रहेको पनि जानकारी दिए ।

    फाल्गुण १२, २०७७ बुधवार १०:३९:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend