Logo

शनिवार, बैशाख ४ गते २०७८

प्रधानमन्त्री बन्न शरणमा आएका प्रचण्डलाई देउवाको कडा जवाफ, माधव नेपालले सुनाएको प्रस्तावमा के छ?

प्रधानमन्त्री बन्न शरणमा आएका प्रचण्डलाई देउवाको कडा जवाफ, माधव नेपालले सुनाएको प्रस्तावमा के छ?

Nepal Pana फाल्गुण १२ २०७७
  • 93.7K
    SHARES
  • प्रधानमन्त्री बन्न शरणमा आएका प्रचण्डलाई देउवाको कडा जवाफ, माधव नेपालले सुनाएको प्रस्तावमा के छ?

    काठमाडौं । आफ्नै पार्टीभित्र अन्तरकलह मच्चाएर नेकपा (दाहाल-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् ।

    प्रचण्डसँगै सो समूहका अध्यक्ष माधव नेपाल पनि थिए । प्रधानमन्त्रीका लागि प्रस्तावित प्रचण्ड देउवाको साथ खोज्न बुढानिलकण्ठ पुगेका हुन् ।

    देउवालाई माधव नेपालले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि सघाउन प्रस्ताव सुनाए । अध्यक्षद्वय प्रचण्ड नेपाल दुबैले सत्ता सहकार्यका लागि प्रस्ताव गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    दुबै जनाले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गरेको र अब सहकार्य गरेर अगाडि जाऔं भनेको भानुले बताए । सत्ताको सहकार्यका लागि आएका प्रचण्डलाई देउवाले भने सकारात्मक जवाफ भने दिएनन् ।

    पार्टीमा छलफल गरेर जवाफ दिने जवाफ मात्रै दिए । देउवाले कसलाई साथ दिन्छन् भन्ने अझै खुलेको छैन । तर विगतमा उनी प्रधानमन्त्री ओली नजिक थिए ।

    फेरि पनि ओलीसँगै रहन सक्ने अनुमान छ । यसो हुँदा प्रचण्डको प्रम बन्ने र सत्तामा जाने सपना चकनाचुर हुनेछ ।

    फाल्गुण १२, २०७७ बुधवार १४:३५:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana