Logo

शनिवार, बैशाख ४ गते २०७८

झलनाथले खोले दाहाल र नेपालले गर्न लागेको ‘ठूलो राष्ट्रघात’

झलनाथले खोले दाहाल र नेपालले गर्न लागेको ‘ठूलो राष्ट्रघात’

Nepal Pana फाल्गुण १२ २०७७
  • 184.0K
    SHARES
  • झलनाथले खोले दाहाल र नेपालले गर्न लागेको ‘ठूलो राष्ट्रघात’

    काठमाडौं । नेकपाभित्र प्रचण्ड नेपालका नेताहरुले सरकारलाई सबैभन्दा प्रहार गरेको विषय हो एमसीसी । अहिले तिनै प्रचण्ड नेपालका नेताले आफैले राष्ट्रघाति भनेको एमसीमसी पारित गर्नुपर्छ भनेर भन्न थालेका छन् ।

    राष्ट्रपति हुने लोभमा र्याल काँडेर बसिरहेका सो समूहका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले खनालले एमसीसी संसदबाट अगाडि बढ्ने बताएका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘एमसीसीमा हामीले केही कमीकमजोरी देखेका छौं, त्यसलाई नेपालको स्वाधिनता र सार्वभौमसत्तालाई ध्यानमा राखेर परिमार्जन गर्नेछौं ।’

    यसबाट सत्ताका लागि प्रचण्ड नेपालले राष्ट्रवादमा कम्प्रमाइज गरेको बुझिन्छ । कम्प्रमाइज गरेर सत्ता हत्याउने र राष्ट्रवादी छवि भएका ओलीलाई हटाउने दृश्य यसबाट प्रस्ट हुन्छ । त्यसो यसअघि आफ्ना कार्यकर्ताले आन्दोलनमा एमसीसीविरुद्ध नारा लगाउन प्रचण्डले रोकेका थिए ।

    एमसीसीको चर्को विरोध गर्ने नेता हुन भीम रावल । उनी माधव नेपालमा यस म्यान हुन् । अब उनकै समूहका शीर्ष नेताले एमसीसी पारित हुन्छ भने पछि कसरी मुख देखाउलान, के भन्लान भन्ने चासो बढेको छ ।

    त्यसो त झलथाले भावी राष्ट्रपतिको रुपमा आफूलाई अघि सारेका छन् । आफू सम्भावित राष्ट्रपति भएको दाबी गरेका हुन् । ‘म पदका पछाडि लाग्दिन, तर साथीहरुले विश्वास गरेर जिम्मेवारी दिए राष्ट्रपतिको रुपमा भूमिका निर्वाह गर्न तयार छु,’ खनालले भनेका छन् ।

    यसबाट पनि प्रचण्ड नेपालको आन्दोलन सत्ताकै लागि थियो भन्ने पुष्टि हुन्छ । ओली समूहले पनि यसअघि नै पुनर्स्थापना भए पनि अस्थिरता बढ्ने चिन्ता व्यक्त गरिसकेको छ ।

    फाल्गुण १२, २०७७ बुधवार १५:५०:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana