Logo

आइतवार, मंसिर १२ गते २०७८

images

सर्वाेच्चले फैसला उल्ट्याएपछि देउवाले ओलीलाई दिए छटपटिने प्रतिकृया !

सर्वाेच्चले फैसला उल्ट्याएपछि देउवाले ओलीलाई दिए छटपटिने प्रतिकृया !

नेपालपाना फाल्गुण १२ २०७७
  • 5.5K
    SHARES
  • सर्वाेच्चले फैसला उल्ट्याएपछि देउवाले ओलीलाई दिए छटपटिने प्रतिकृया !

    काठमाडौँ। संसद पुर्नस्थापना हुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् । यस्तैमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने प्रतिकृया दिएका छन् ।

    महेन्द्रनारायण निधिको ९९ औ जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका हुन् ।

    सम्बोधनका क्रममा देउवाले भने, ‘अदालतले संसद पुनर्स्थापना गरिसकेको छ, सब भन्दा खुसीको कुरा संसद बाँचेको छ, अब प्रधानमन्त्रीबाट ओलीजीले राजीनामा दिँदा राम्रो हुन्छ, हुन त यो उहाँको पार्टीको कुरा हो, । ’

    देउवाले ओली सामु अब संसद्मा बहुमत सिद्ध गर्ने वा सरकार छाड्ने दुई वटा विकल्प रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट राजीनामा आए अविश्वास प्रस्ताव पेस गर्नै नपर्ने उनले बताए ।

    फाल्गुण १२, २०७७ बुधवार १७:३४:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana