Logo

शनिवार, बैशाख ४ गते २०७८

अदालतको फैसलापछि बादलको बोल्ड निर्णय, प्रचण्डदेखि झलनाथ, बाबुरामदेखि भीम रावलसम्म धक्का !

अदालतको फैसलापछि बादलको बोल्ड निर्णय, प्रचण्डदेखि झलनाथ, बाबुरामदेखि भीम रावलसम्म धक्का !

Nepal Pana फाल्गुण १५ २०७७
  • 137.8K
    SHARES
  • अदालतको फैसलापछि बादलको बोल्ड निर्णय, प्रचण्डदेखि झलनाथ, बाबुरामदेखि भीम रावलसम्म धक्का !

    काठमाडौं । संसद पुनर्स्थापनापछि गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ निर्णय लिएका छन् । बादलले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओसहित ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेका छन् । अहिले सरुवा अर्थपूर्ण छ ।

    सरुवामा प्रचण्ड – नेपाल समूहमा रहेका नेताको जिल्ला परेका छन् । पुष्पकमल दाहाल प्रचण्डदेखि भीम रावलसम्म धक्का लाग्नेगरी सिडिओहरु सरुवा गरिएको छ । 
    सरुवा सूची अनुसार पूर्वसहयोद्धा प्रचण्डको गृहजिल्ला चितवनमा बादलले सिडिओ र सहायक सिडिओ दुबै फेरेका छन्। चितवनको सिडियोमा गृहबाट प्रेमलाल लामिछानेलाई काज सरुवा गरिएको छ । सहायक सिडिओमा लीलाधर अधिकारीलाई पठाइएको छ ।

    भीम रावलको गृह जिल्ला अछाममा रुद्र बहादुर मल्लले जिम्मेवारी पाएका छन् । धादिङबाट मल्लालाई गृहले अछामको सिडियो बनाएर पठाइएको छ । 
    पूर्वमाओवादी नेता शक्ति बस्नेतको जाजरकोटमा प्रेम प्रसाद देवकोटालाई पठाइएको छ । जसपाका बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा शालिकग्राम शर्मा पौडेललाई खटाइएको छ ।

    पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलाममा धुव्र बहादुर खड्कालाई सरुवा गरिएको छ ।

    शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो । पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन् ।

    फाल्गुण १५, २०७७ शनिवार ०८:०८:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री बादल

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana