Logo

शनिवार, बैशाख ४ गते २०७८

प्रधानमन्त्री ओलीलाई साथ दिन कांग्रेसले लियो अग्रसरता

प्रधानमन्त्री ओलीलाई साथ दिन कांग्रेसले लियो अग्रसरता

Nepal Pana फाल्गुण १८ २०७७
  • 6.1K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई साथ दिन कांग्रेसले लियो अग्रसरता

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ ।

    वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ ।

    काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने संकेत पनि दिएको छ ।

    ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्न त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन’ काँग्रेस नेता मीनेन्द्र रिजालले कान्तिपुरसँग भने, ‘कि त मिलेरै अंशवण्डा गर्नुपर्यो ।

    एउटै दल हुन नसक्ने अवस्था हो भने पहिलाकै अध्यादेशलाई प्रधानमन्त्रीले विधेयकका रुपमा संसदमा ल्याउनुपर्छ । पारित गर्न हामी सहयोग गर्छौं ।’

    फाल्गुण १८, २०७७ मंगलवार १२:०६:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana