Logo

शनिवार, बैशाख ४ गते २०७८

पाकिस्तानीसँग साँठगाँठ रहेका मुस्लिम समुदायका नेपाली युवक भारतको अयोध्यामा पक्राउ

पाकिस्तानीसँग साँठगाँठ रहेका मुस्लिम समुदायका नेपाली युवक भारतको अयोध्यामा पक्राउ

Nepal Pana फाल्गुण १८ २०७७
  • 2.5K
    SHARES
  • पाकिस्तानीसँग साँठगाँठ रहेका मुस्लिम समुदायका नेपाली युवक भारतको अयोध्यामा पक्राउ

    लखनऊ । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्याबाट एक जना नेपाली मुलका मुस्लिम युवक पक्राउ परेका छन् ।

    यूपीको सुरक्षाकर्मी दस्ता एसटीएफले प्रविधिमार्फत पाकिस्तान, इजिप्ट, साउदी अरब, कुवेत, सूडानको सम्पर्कमा रहेका संदिग्ध नेपाली नागरिकलाई गिरफ्तार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    उनी फेसबुक, ह्वाट्ऐपमार्फत यी देशका नागरिकसँग सम्पर्कमा थिए । भारतले उनीमाथि लामो समयदेखि निगरानी गरिरहेको थियो । उनी आतंकवादी गतिविधिमा संलग्न रहेको आशंका छ । कल डिटेल हेर्दा उनले पाकिस्तानका कैयौ संदिग्ध नम्बरमा लगातार सम्पर्कमा रहेको पनि खुलेको छ । उनबाट नक्कली आइडीहरु पनि बरामद भएको छ ।

    नेपालको बाँके जिल्लास्थित लक्ष्मणपुरका सलीम खान अयोध्यामा बस्दै आएका थिए । अयोध्याभन्दा पहिला नेपालका सीमावर्ती जिल्लामा मदरसामा बस्दै आएको वयान सलीमले दिएका छन् ।

    प्रारम्भिक जाँचमा सलीम पाकिस्तान र बंग्लादेश गइसकेको खुलेको छ । उनी भारत विरोधी र आफ्नै देश नेपाल विरोधी गतिविधिमा संलग्न रहेको खुलेको भारतीय प्रहरीले दावी गरेको छ ।

    यूपी एसटीएफले सलीम खानको अयोध्यास्थित रौनाहीबाट गिरफ्तार गरेको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको समाचार जनाइएको छ ।

    फाल्गुण १८, २०७७ मंगलवार १६:३५:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana