Logo

शनिवार, बैशाख ४ गते २०७८

ओलीले कमाल गरेर छोड्ने भए, यी नदीहरुमा पानी जहाज सञ्चालन !

ओलीले कमाल गरेर छोड्ने भए, यी नदीहरुमा पानी जहाज सञ्चालन !

नेपालपाना फाल्गुण १८ २०७७
  • 3.3K
    SHARES
  • ओलीले कमाल गरेर छोड्ने भए, यी नदीहरुमा पानी जहाज सञ्चालन !

    काठमाडौं। चुनावी एजेण्डाकै रुपमा पानी जहाजको नारा अघि सार्दा चर्चामा आएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारले विभिन्न नदीमा प्रक्रिया अघि बढाएको छ ।

    भारतसंग जलमार्ग मार्फत व्यापार स्थापित गर्न  नेपालका कर्णाली, नारायणी, कालिगण्डकी तथा कोशी जस्ता मुख्य नदीहरुमा पानीजहाज संचालनका लागि अध्ययन हुन थालेकोहो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले  भारतले दोस्रो संस्करणका रुपमा आयोजना गरेको मारिटाइम इण्डिया समिट २०२१ को मन्त्रिस्तरिय भर्चुअल सेसनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

    उनले जल यातायात सम्बन्धि विभिन्न सन्धि सम्झौता तथा सम्मेलनहरुमा प्रतिवद्धता जनाएअनुसार व्यवहारमा कार्यान्वयन गर्नतर्फ अग्रसर भएका बताए ।

    उनले कुनै पनि देश विकसित र समृद्ध हुन यातायात र पारवहन सुविधा आधारभूत पूर्वाधारको रुपमा रहने भन्दै नेपालले यातायातको सबै क्षेत्र हवाईजहाज, रेल, सडक यातायात तथा पारवहन सुविधालाई उच्च प्राथमिकताका साथ अगाडी बढाइएको बताए ।

    फाल्गुण १८, २०७७ मंगलवार २०:५०:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana