Logo

शनिवार, बैशाख ४ गते २०७८

मदन भण्डारी, राजा वीरेन्द्र र सुशील कोइरालाजस्तै केपी ओलीको पनि ‘हत्या’ हुनसक्ने सूचना बालुवाटार पुगेपछि…

मदन भण्डारी, राजा वीरेन्द्र र सुशील कोइरालाजस्तै केपी ओलीको पनि ‘हत्या’ हुनसक्ने सूचना बालुवाटार पुगेपछि…

Nepal Pana फाल्गुण १९ २०७७
  • 15.7K
    SHARES
  • मदन भण्डारी, राजा वीरेन्द्र र सुशील कोइरालाजस्तै केपी ओलीको पनि ‘हत्या’ हुनसक्ने सूचना बालुवाटार पुगेपछि…

    काठमाडौं । कास्कीको पोखरा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार दिएको अभिव्यक्तिले सबैलाई आश्चर्यमा पार्यो ।

    आफ्नो ज्यान खतरामा रहेको भन्दै ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताए । 'अत्यआन्तै तीव्र रुपमा प्रहार भएको छ । शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला,' ओलीले भनेका थिए । उनको यो अभिव्यक्तिपछि सुरक्षा निकायमा खैलाबैला भयो । त्यत्रो सुरक्षा घेरामा हुँदा पनि कसरी थ्रेट हुन्छ भन्ने प्रश्नहरु आए । राजनीतिक स्टण्ट र प्रपोगाण्डा हो भन्ने तर्कहरु पनि आए ।

    तर राजा वीरेन्द्र शाहको वंश विनाश सुरक्षा घेरामै भएको सायद धेरैले बिर्सिए । ओली निकट युवा नेता महेश बस्नेतका अनुसार प्रधानमन्त्रीको हत्या हुनसक्ने सूचना बालुवाटारमा पुगेपछि यो अभिव्यक्ति आएको हो ।

    बस्नेत ओलीको किचेन क्याविनेटका सदस्य मानिन्छन् । प्रधानमन्त्रीले हल्का अभिव्यक्ति दिएको भनेर आलोचना भइरहेका बेला महेश बस्नेतले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुसस गरेर नै यो कुरा बोलेको स्पष्ट पारे ।

    बस्नेतले भने, ‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे ।

    त्यस्तै, उनले सुशिल कोइरालाको मृत्यु पनि प्रश्नको विषय भएको सुनाए । यद्यपि उनले प्रधानमन्त्री ओलीलाई देशभित्रबाट वा बाहिरबाट ? कहाँबाट सुरक्षा थ्रेट छ? भन्ने कुरामा आफू अपडेट नभएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भए पनि प्रधानमन्त्रीले असुरक्षित छु भनेर नभनेको पनि स्पष्ट पारे ।

    सुरक्षालाई थप मजबुद बनाइएको र सूचनाबारे जनतालाई जानकारी गराइएको उनको भनाइ छ ।

    फाल्गुण १९, २०७७ बुधवार ०९:०६:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana