कैलाली । केही दिनअघि सत्तामा साथ माग्दै प्रचण्ड-माधव जसपाको शरणमा पुगे । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सोधे, तपाईको पार्टी कुन हो ? कसरी सरकार बन्छ ? यी प्रश्नको सामना गरेका प्रचण्ड र माधवलाई राजेन्द्रले कैलाली पुगेर थप तर्साएका छन् ।
उनले प्रश्न गरेका छन्, ‘केपी ओलीले ल्याएको प्रतिगमन त सच्चियो। तर तपाईँ चार पार्टी काँग्रेस, एमाले, माओवादी र विजय गच्छदार समेत गरी तत्कालीन चार पार्टी मिलेर ल्याएको प्रतिगमन खोइ सच्चिएको ?’
महतोले प्रधानमन्त्रीको प्रतिगमनमात्रै नभएर संविधान जारी गर्दाको समयको प्रतिगमन नसच्चिएसम्म सरकारमा नजाने अडान पनि सुनाए । नले अगाडि भने, ‘संविधान बनाउँदा खेरी गोली लगाएर संविधान बनाएको हो।
त्यसैले हाम्रा एजेन्डा, मागहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौं।’ नेकपाको आन्तरिक विवाद कायमै रहेकाले कुनै अमुक समूहसँग सहकार्य गरेर सरकारमा नजाने उनले स्पष्ट पारे।