Logo

शनिवार, बैशाख ४ गते २०७८

राजनीति जटिल बन्दै गइरहेका बेला देशभरबाट जर्नेलहरुलाई किन बोलाइयो जंगी अड्डा?

राजनीति जटिल बन्दै गइरहेका बेला देशभरबाट जर्नेलहरुलाई किन बोलाइयो जंगी अड्डा?

Nepal Pana फाल्गुण १९ २०७७
  • 3.8K
    SHARES
  • राजनीति जटिल बन्दै गइरहेका बेला देशभरबाट जर्नेलहरुलाई किन बोलाइयो जंगी अड्डा?

    काठमाडौं । देशमा राजनीतिक संकट गहिरिँदै गर्दा नेपाली सेनाका जर्नेलहरुलाई काठमाडौं बोलाइएको छ ।

    देशभरबाट ७ वटै प्रदेशमा रहेका जर्नेलहरु काठमाडौंस्थित सैनिक मुख्यालय जंगी अड्डा आइपुगेका छन् ।

    जंगी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरु हुँदैछ । सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले तीन दिने पृतनापति सम्मेलन आयोजना गरेको हो ।

    २१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने बताइएको छ ।

    त्यसैगरी पछिल्लो राजनीतिक परिस्थिति, सुरक्षा चुनौती विषय, चाल्नुपर्ने कदमका विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।

    फाल्गुण १९, २०७७ बुधवार १५:०७:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana