Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

चिनियाँ रणनीतिक हवाइ सैन्य टोली ताइवान प्रवेश, ताइवानद्वारा मिसाइल प्रणाली सक्रिय !

चिनियाँ रणनीतिक हवाइ सैन्य टोली ताइवान प्रवेश, ताइवानद्वारा मिसाइल प्रणाली सक्रिय !

नेपालपाना फाल्गुण २० २०७७
  • 6.8K
    SHARES
  • चिनियाँ रणनीतिक हवाइ सैन्य टोली ताइवान प्रवेश, ताइवानद्वारा मिसाइल प्रणाली सक्रिय !

    ताइपेइ। चिनियाँ रणनीति हवाइ सैन्य टोली ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको छ । एक चिनियाँ वाइ-८ रणनीतिक टोली शनिबार ताइवानको वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) को दक्षिण पश्चिमी भागमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । 

    उक्त विमान ताइवन र प्राटास टापुको बीचमा घुमेको थियो । एमएनडीले प्रदान गरेको चार्टअनुसार विमानले ताइवान र दक्षिण चीन सागरमा ताइवानद्वारा नियन्त्रित डोङशा (प्रतास) टापुहरू बीचको एयरस्पेसमा उडान गरेको थियो । 

    ताइवानका नयाँ रक्षामन्त्रीसमेत रहेका गुप्तचर विभाग प्रमुख चियु कुओ-चेङले आठवटा चिनियाँ लडाकू विमान आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेपछि मिसाइल प्रणाली सक्रिय पारिएकोसमेत बताएका छन् । 

    ताइवानको रक्षा मन्त्रालयले गत शुक्रबार चारवटा चिनियाँ जे-१६ र चारवटा जेएच-७एस सँगै वाइ-८ इलोक्ट्रोनिक युद्धकविमानहरु ताइवान नियन्त्रित प्राटास टापुको आकाशमा घुमेको बताएको थियो । 

    चिनियाँ लडाकू विमानहरु आफ्नो हवाइ क्षेत्रमा प्रवेश गरेपछि ताइवानले ‘रेडियो चेतावनी’ जारी गर्दै उक्त गतिविधिको निगरानी गर्न हवाइ रक्षा मिसाइल प्रणाली परिचालन गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । 

    पछिल्लो केही महिनायता चीनले ताइवानका सैन्य गतिविधिहरुमा निगरानी बढाइरहेको छ । चीनले ताइपेइ र वाशिङ्टनबीच गठबन्धन भएको र त्यसो नगर्न चेतावनी दिँदै आएको छ । 

    ताइवानको महत्वपूर्ण समर्थक र हतियार आपूर्तिकर्ता अमेरिका र चीनबीचको सम्बन्धमा दरार पैदा भएको समेतमा चीनले ताइवानमाथिको निगरानी बढाएको हो ।  ताइवानमा शुक्रबार नै केही मन्त्रीहरु हेरफेर गरिएका थिए । रक्षामन्त्रीमा अमेरिकामा प्रशिक्षण लिएर उच्च सुरक्षा अधिकारी चियु को(चेङलाई नियुक्त गरिएको थियो ।

    फाल्गुण २०, २०७७ बिहिवार १९:५६:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana