काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा केपी ओली समूह उभिएका छन् ।
संसद बैठकमा प्रचण्ड माधव समूहका नेता भीम रावलले अध्यादेशलाई किन कार्यसूचीमा राखेको भनि विरोध गर्दा सभामुखले अध्यादेश पेस गर्ने कुरालाई अघि बढाए । कार्यसूची फिर्ता लिएनन् ।
पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्ने प्रावधान रहेको भन्दै सभामुख सापकोटा सरकारकै पक्षमा अघि बढे । सभामुख सापकोटा अघि बढेपछि प्रचण्ड माधव समूह बैठक छाडेर हिँडेको छ । तै पनि सभामुखले अध्यादेश पेस गर्न कानुनमन्त्रीलाई रोस्टममा बोलाएका छन् ।
कांग्रेसले समेत अध्यादेशको विरोध गर्दा सभामुख रोकिएनन् । उनले अध्यादेशहरु प्रस्तुत गर्नमा सरकारका मन्त्रीलाई समय दिएका छन् ।