Logo

शनिवार, बैशाख ४ गते २०७८

ओली-प्रचण्ड समुहको नेकपा दर्ता खारेजी निर्वाचन आयोगमा !

ओली-प्रचण्ड समुहको नेकपा दर्ता खारेजी निर्वाचन आयोगमा !

नेपालपाना फाल्गुण २३ २०७७
  • 1.7K
    SHARES
  • ओली-प्रचण्ड समुहको नेकपा दर्ता खारेजी निर्वाचन आयोगमा !

    काठमाडौं। आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीसँग नाम मिल्ने गरी दर्ता भएको ओली-प्रचण्ड नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता खारेजसम्बन्धी फैसला गरेको थियाे । सो फैसला निर्वाचन आयोगमा पुगेको आयोगले बताएको छ । 

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार साँझ एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलासम्बन्धी पत्र प्राप्त भएको र उक्त पत्र आयोगमा दर्ता भइसकेको बताएका हुन् ।

    तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) दर्ता गरिएको थियो । तर, त्यसअघि नै आयोगमा ऋषि कट्टेलले नेकपा पार्टी दर्ता गरिसकेका थिए ।

    आफ्नो पार्टीको नामसँग मिल्ने पार्टी दर्ता गरेको भन्दै उनले सर्वाेच्चमा रिट दायर गरेका थिए । सर्वाेच्चले उनको पक्षमा फैसला सुनाएको हो ।

    फाल्गुण २३, २०७७ आइतवार १९:५२:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana