काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन पार्टीको भनेर संसद बैठकमा चर्को बोले । प्रचण्डको पछि लागेर रावलले आफ्नै प्रधानमन्त्रीमाथि प्रश्न उठाएर चुरीफुरी देखाए । यतिमात्रै होइन सरकारले वैधता गुमाएको भन्न समेत भ्याए ।
संसदमा चर्को बोलेका रावलको चुरीफुरी तत्कालै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमाले नेता शंकर पोखरेलले फेसबुकबाटै झारे । रावललाई पोखरेलले कुटनीतिक भाषामा जवाफ दिए ।
रावलको प्रश्नमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री नेकपा एमाले पार्टीकै भएको जवाफ दिए । फेसबुकमा पोखरेलले लेखेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री चयन हुँदाको अवस्थातर्फ नै फर्काएको हुँदा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहनै परेन ।’