काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा ऋषी कट्टेलको नाममा रहने पक्षमा सर्वाेच्चले फैसला गरेसँगै देशको राजनीति झनै विकराल मोडमा पुगेको छ ।
यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एक शर्तमा विश्वासको मत लिन तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि देशको राजनीतिक स्थिती २०७५ जेठ ३ अघि फर्किएको बताएका छन् । उनले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने र सरकारलाई अघि बढाउने बताएका छन् ।
यसबाहेक प्रधानमन्त्री ओलीले सभामुख सापकोटाको भूमिकाप्रति समेत असन्तुष्टि जनाएका छन् । सभामुखले प्रचलित परम्परा अनुसार संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक नबोलाएको, प्रधानमन्त्रीसँग समेत कुनै परामर्श नगरेको तथा संसद बैठकमा बोल्न दिने क्रममा समेत सरकारको विरुद्धमा बोल्न समय दिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको बताइएको छ ।