काठमाडौं। सर्वाेच्च अदालतको फैसलापछि सोमबार औपचारिक रुपमै नेकपा एमाले र माओवादी केन्द्र अलग भएका छन् ।
नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले एकीकरणअघिकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा अलग्गिने घोषणा गरेको हो ।
साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक नै पार्टीको अन्तिम भएको बताउँदै सहमतिका आधारमा दुवै केन्द्र अलग भएको बताएका छन् ।
अदालतको फैसलाको विरोध हुँदा हुँदै पनि दुवैपक्ष अलग भएसर अघि बढ्ने निश्कर्ष निकालेको उनले बताएका छन् । अब, नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भएका छन् ।
संसदमा बहुमत जुराउँदै सरकार बनाउने वास्तवीक खेल अब, सुरु हुने देखिएको छ ।