Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

म्यानमारको सेनाले आङ साङ सूकीलाई लायाे अहिलेसम्मकै गम्भीर आरोप !

म्यानमारको सेनाले आङ साङ सूकीलाई लायाे अहिलेसम्मकै गम्भीर आरोप !

नेपालपाना फाल्गुण २७ २०७७
  • 7.1K
    SHARES
  • म्यानमारको सेनाले आङ साङ सूकीलाई लायाे अहिलेसम्मकै गम्भीर आरोप !

    म्यानमार। म्यानमारको सेनाले पदमुक्त पारिएकी नेतृ आङ साङ सूकीलाइ साढे चार लाख पाउण्डको सुन र ६ लाख अमेरिकी डलर स्वीकार गरेको आरोप लगाएको छ ।

    फेब्रुअरी १ मा सत्तारुढ एनएलडी पार्टीकी नेतृ सुकीलाई नजरबन्द गर्दै सेनाले त्यहाँ शासन सुरु गरेको छ । सुकीमाथि लागेको यो अहिलेसम्मकै ठूलो आरोप हो ।

    यद्यपि, यो आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन । सेनाले सूचीलाई अज्ञात स्थानमा राखेको छ । केही दिनअघि अदालतको सुनुवाईमा भिडियोमा मार्फत मात्रै सुकी देखिएकी थिइन् ।

    म्यान्मारमा सैनिक कूको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनमा बिहीवार कम्तिमा सात जना मारिएपछि मृतकको संख्या ६० नाघेको छ ।

     

    फाल्गुण २७, २०७७ बिहिवार २०:११:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana