Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने, जसपाको लाइन पनि क्लियर

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने, जसपाको लाइन पनि क्लियर

नेपाल पाना चैत्र ३ २०७७
  • 16.9K
    SHARES
  • कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने, जसपाको लाइन पनि क्लियर

    काठमाडौं । नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रलाई सरकार बनाउन साथ नदिने भएको छ ।

    प्रचण्डको प्रधानमन्त्री बन्ने लालसाले यत्रो राजनीतिक घटनाक्रम विकसित भएका बेला कांग्रेसले प्रचण्डको नेतृत्वमा सरकारमा नजाने अर्थात साथ नदिने रणनीति लिएको हो ।

    कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले कांग्रेस अरुको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताए । पार्टी अनुशासन समितिका संयोजकसमेत रहेका नेता आङ्देम्बेले मुलुकमा सिर्जना भएको पछिल्लो राजनीतिक गतिविधिका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सङ्कटमा परेको र दलहरुबीच नयाँ सरकार गठनका लागि छलफल भइरहे पनि काँग्रेस अन्य पार्टीको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

    कांग्रेसले सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । यता जसपाले पनि नयाँ सत्ता समीकरणमा लाइन क्लियर गरेको छ । संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीकै सरकारलाई समर्थन गर्न तयार भएका छन् ।

    उपेन्द्र यादव र बाबुराम भट्टराईले निहुँ खोजे पार्टी फुटाएर भए पनि २३ सांसदसहित समर्थन गर्न तयार रहेका छन् । प्रधानमन्त्रीले पनि मधेसको मुद्दा सम्बोधनमा ग्रीन सिग्नल देखाइसकेका छन् ।

    चैत्र ३, २०७७ मंगलवार ०८:००:१९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana