Logo

शुक्रवार, माघ ७ गते २०७८

images

बेलायती प्रधानमन्त्रीले लाए कोरोनाको पहिलो खोप

बेलायती प्रधानमन्त्रीले लाए कोरोनाको पहिलो खोप

नेपालपाना चैत्र ७ २०७७
  • 7.6K
    SHARES
  • बेलायती प्रधानमन्त्रीले लाए कोरोनाको पहिलो खोप

    काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।

    युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगा।

    “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

    उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले उल्लेख गरेका छन् ।

    खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए । 

    प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए ।बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने, आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ । 

    कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।  

    चैत्र ७, २०७७ शनिवार १९:०३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana