Logo

शुक्रवार, माघ ७ गते २०७८

images

चिनियाँ खाेप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण !

चिनियाँ खाेप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण !

नेपालपाना चैत्र ७ २०७७
  • 28.8K
    SHARES
  • चिनियाँ खाेप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोरोना संक्रमण !

    काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसविरूद्धको खोप लगाएको दोस्रो दिन कोरोना संक्रमण पुष्टि भएको छ ।

    चिनियाँ खोप उत्पादक कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप लगाएको ठिक दुई दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

    पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उनले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राखेका छन् ।”

    चिनियाँ खोपको प्रभावकारितबारे विश्वभर प्रश्न उठ्दै आएको छ ।

    चैत्र ७, २०७७ शनिवार २०:१५:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana