Logo

शुक्रवार, माघ ७ गते २०७८

images

निर्वाचन तयारीमा लाग्नुस्ः देउवा

निर्वाचन तयारीमा लाग्नुस्ः देउवा

नेपालपाना चैत्र ८ २०७७
  • 7.6K
    SHARES
  • निर्वाचन तयारीमा लाग्नुस्ः देउवा

    चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन तयारीमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। कम्युनिस्ट पार्टीको विवादले अन्योलमा परेको राजनीतिलाई छाडेर पार्टी बनाउनतिर लाग्नुपर्ने देउवाको भनाइ छ।

    ‘कम्युनिस्ट पार्टीको विवादलाई चासो नदिएर पार्टीलाई जनताको काममा सक्रिय बनाउनुपर्छ’, सभापति देउवाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा शनिबार रत्ननगरमा आयोजित कार्यक्रममा भने।

    देउवाले कम्युनिस्ट पार्टीभित्रको विवादको किनारा नलागेको भन्दै जनतालाई खुसी पारे मात्रै पार्टीले बहुमत ल्याउने बताए। ‘जनता मालिक हुन् देशका मालिक खुसी भए जिताइदिन्छन्, प्रधानमन्त्री बनाइदिन्छन्, रिसाए भने भोट नहालेर सजाय दिन्छन्’, उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न भनेको ठूलो शक्ति हो। जनताको घरमा वर्षको तीन पल्ट जानुस्, जनताले भोट हाल्छन्। भाषणमा भोट हाल्दैनन्।’

    उनले अड्डा अदालत, प्रहरी प्रशासनजस्ता विभिन्न स्थानमा पुगेर जनताको सुख–दुःखमा सहयोग गरेर मत जिते मात्रै भोट दिने बताए। अघिल्लो निर्वाचनको मितिले दुई वर्षभित्र जसरी पनि निर्वाचन हुने भन्दै उनले त्यसका लागि अहिले नै जनताको घरमा पुग्न निर्देशन दिए। ‘जनताले भोट नदिएर हामी हार्‍यौं, जनता मालिक हुन्, देशको’, उनले भने, ‘जनताको घरदैलोमा पुग्नुस्, दुःख–सुखमा साथ दिनुस्। जनताको काम गर्नुस्, तब जनताले भोट दिनेछन्।’ अन्नपूर्ण पोस्ट् दैनिकबाट

    चैत्र ८, २०७७ आइतवार ०८:४८:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana