Logo

शुक्रवार, माघ ७ गते २०७८

images

बाइडेनले पुटिनलाई 'हत्यारा' भनेपछि अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता !

बाइडेनले पुटिनलाई 'हत्यारा' भनेपछि अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता !

नेपालपाना चैत्र ८ २०७७
  • 11.3K
    SHARES
  • बाइडेनले पुटिनलाई 'हत्यारा' भनेपछि अमेरिकाका लागि रुसी राजदूत स्वदेश फिर्ता !

    एजेन्सी। संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्केका छन् । 

    संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता भएका हुन् ।

    रुसी राष्ट्रपति पुटिनले आफ्ना अमेरिकामा रहेका राजदूतसँग परामर्श गर्न भन्दै उनलाई फिर्ता बोलाएका हुन् ।

    अमेरिकी राष्ट्रपति बाइडेनले अघिल्लो साता एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनलाई “हत्यारा” भनेका थिए ।

    अमेरिका र रुसबीचको सम्बन्ध यसअघि नै निकै कमजोर स्तरमा पुगेको थियो । रुसले अमेरिकी राष्ट्रपतिको चुनावलाई प्रभावित पार्नेगरी विभिन्न गतिविधि गरेको तथा रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई जेलमा पठाएको भन्दै अमेरिकी राष्ट्रपति बाइडेन आक्रोशित भएका छन् ।

    चैत्र ८, २०७७ आइतवार १८:०१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana