Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

देउवाले दिए कम्युनिस्टको जरा हल्लिने चेतावनी, गच्छदारलाई फसाउनेहरु कसैलाई नछोड्ने !

देउवाले दिए कम्युनिस्टको जरा हल्लिने चेतावनी, गच्छदारलाई फसाउनेहरु कसैलाई नछोड्ने !

नेपालपाना चैत्र १० २०७७
  • 6.7K
    SHARES
  • देउवाले दिए कम्युनिस्टको जरा हल्लिने चेतावनी, गच्छदारलाई फसाउनेहरु कसैलाई नछोड्ने !

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विजय गच्छदारलाई फसाउने काम भएको बताएका छन् ।

    मंगलबार सुनसरीको धरानमा ५६औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

    देउवाले भने, ‘विजय गच्छदार हाम्रो पार्टीको नेता हो, उहाँलाई फसाइएको छ, मलाई विश्वास छ, उहाँले न्याय पाउनुुहुनेछ ।’ 

    कम्युनिस्ट सरकारको प्रभावमा प्रहरी र सरकारी कर्मचारीले कांग्रेसका कार्यकर्तालाई दुःख दिएको भन्दै देउवाले कसैलाई नछोड्ने चेतावनी समेत दिएका छन् ।

    उनले भने,  ‘जनताको करबाट तलब खाएर पार्टीको काम गर्ने ? हाम्रो पार्टीको साथीलाई दुःख दिनेलाई छोड्दैनौँ, छोड्दैनौँ, छोड्दैनौँ ।’ 

    यसबाहेक उनले आफुले प्रधानमनत्री बन्ने अवस्था नरहेका समेत स्पष्ट पारेका छन् ।‘शेरबहादुरले प्रधानमन्त्री खाएन–खाएन भन्ने हल्ला छ, तर त्यस्तो होइन, सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र दुइटा पार्टी भए, अहिले बहुमतको सरकार छ । बहुमतको सरकार हुँदाहुँदै मैले चाहेर प्रधानमन्त्री हुने हो र ?’

    चैत्र १०, २०७७ मंगलवार १७:३५:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana