Logo

आइतवार, मंसिर १२ गते २०७८

images

केपी ओलीविरुद्ध भित्रभित्रै माओवादी केन्द्रको यस्तो तयारी, बालुवाटार पुग्यो सूचना

केपी ओलीविरुद्ध भित्रभित्रै माओवादी केन्द्रको यस्तो तयारी, बालुवाटार पुग्यो सूचना

नेपाल पाना चैत्र ११ २०७७
  • 10.7K
    SHARES
  • केपी ओलीविरुद्ध भित्रभित्रै माओवादी केन्द्रको यस्तो तयारी, बालुवाटार पुग्यो सूचना

    काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकार ढाल्न गृहकार्यलाई तीव्र बनाएको खुलेको छ । माओवादीका प्रभावशाली नेता तथा सांसद अमनलाल मोदीले अबको ८/१० दिनभित्र नयाँ सरकार बन्ने घोषणा नै गरेका छन् । उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको पनि जनाए । यसको लागि आफूहरु छलफलमा रहेको उनको भनाइ छ ।
     
    उनले आफूहरुले सुरुदेखि नै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको दिनदेखि नै विरोध गरेको स्मरण गराए । उनले भने,‘हामीले सरकारका विभिन्न गतिविधिबारे सुरुदेखि नै आवाज उठाउँदै आएका हौं ।

    संसद विघटन गरिसकेपछि हामीले नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्छ भनेको हो । आन्दोलन गरेकै हो । नागरिक समाज/हामी सबै एक ठाउँमा उभियौं । प्रतिगमनविरुद्ध आन्दोलन गरेकै हो । संसद पूनःस्थापना भएपछि, नैतिकताको आधारमा राजीनामा दिनुको सट्टा, अहिलेसम्म नदिएकोमा हामी छक्क परेका छौं । राजीनामा दिनुपर्ने हो । हाम्रो त प्रष्ट माग छ। संसदप्रति वितृष्णा भएको मान्छे हो । तर, राजीनामा दिनुभएन ।’

    नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रुपमा निकास निकाल्नुपर्नेमा रहेको सुनाए । उनले प्रधानमन्त्री ओेली र मधेशवादी दलबीचको गठबन्धनको कुरा कोट्याउँदै आफूलाई शंका लागेको सुनाए ।

    चैत्र ११, २०७७ बुधवार ०९:०६:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana