Logo

बुधवार, आषाढ २ गते २०७८

कोरोना संक्रमण बढ्यो, लकडाउनबारे स्वास्थ्य मन्त्रालयकाे घोषणा !

कोरोना संक्रमण बढ्यो, लकडाउनबारे स्वास्थ्य मन्त्रालयकाे घोषणा !

नेपालपाना चैत्र ११ २०७७
  • 3.0K
    SHARES
  • कोरोना संक्रमण बढ्यो, लकडाउनबारे स्वास्थ्य मन्त्रालयकाे घोषणा !

    काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्ने अवस्था आउनसक्नेबारे स्पष्ट पारेको छ ।

    बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्न लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन् ।

    ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ ।’ सहप्रवक्ता डा. अधिकारीले भने ।

    पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्किनेको भिडभाड बढेको देखिन्छ । यसकारण नेपालमा पनि संक्रमण बढ्नसक्ने सम्भावना देखिएको हो ।

    संक्रमण बढ्न सक्ने भन्दै मन्त्रालयले अनावश्यक भिडभाड एवं होलीमा पनि भेला नहुन आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर सचेत रहन समेत मन्त्रालयले सर्वसाधरणलाई आग्रह गरेको छ ।

    चैत्र ११, २०७७ बुधवार १७:०९:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana