Logo

शनिवार, बैशाख ४ गते २०७८

जर्मनीले नेपाललाई १ अर्ब ४० करोड अनुदान दिँदै !

जर्मनीले नेपाललाई १ अर्ब ४० करोड अनुदान दिँदै !

नेपालपाना चैत्र १२ २०७७
  • 1.4K
    SHARES
  • जर्मनीले नेपाललाई १ अर्ब ४० करोड अनुदान दिँदै !

    काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि रु एक अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । 

    अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बुधबार हस्ताक्षर गरेको यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज जनाएको छ । 

    नेपालका नगरोन्मुख भेगका निजी तथा सार्वजनिक क्षेत्रमा कृषिभूमि सौर्य ‘ग्रिड’ विस्तार, सौर्य ऊर्जाको उपयोगबाट सिँचाइको व्यवस्था तथा समावेशी आर्थिक विकासका लागि अनुदान सहयोग खर्च गरिनेछ ।

    साथै सुदूरवर्ती क्षेत्रमा लघुग्रिडका माध्यमबाट भरपर्दो स्वच्छ ऊर्जा उपलब्ध गराइने छ । 

    अनुुदान सहयोगको प्राविधिक पक्षले सार्वजनिक र निजी क्षेत्रका स्वच्छ ऊर्जासम्बन्धी परियोजना कार्यान्वयनमा टेवा पु¥याउने तथा वित्तीय सहायताको पाटाले लगानीका निम्ति भरथेग गर्नेछन् ।

    चैत्र १२, २०७७ बिहिवार १७:२९:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana