Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

देउवा फकाउन चिनियाँ राजदूत बुढानिलकण्ठमा, प्रधानमन्त्री ओलीलाई हटाउने खेल

देउवा फकाउन चिनियाँ राजदूत बुढानिलकण्ठमा, प्रधानमन्त्री ओलीलाई हटाउने खेल

नेपाल पाना चैत्र १३ २०७७
  • 37.0K
    SHARES
  • देउवा फकाउन चिनियाँ राजदूत बुढानिलकण्ठमा, प्रधानमन्त्री ओलीलाई हटाउने खेल

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

    नयाँ सरकार बनाउने प्रयत्नमा रहेको चीनले पछिल्लो समय सक्रियता बढाएको छ । तर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सकेको छैन ।

    ओली हटाउन माओवादी केन्द्र कांग्रेस र जसपाको गठबन्धन बनाउनमा चीनले समन्वयकारी भूमिका खेलिरहेको छ । तर प्रधानमन्त्री ओलीले कांग्रेस र जसपाको बहुमत नेतृत्वलाई कन्भिन्स गरिसकेका छन् ।

    जसका कारण सत्ता फेर्ने चिनियाँ चाहना सफल हुन सकेको छैन । यस्तो बेला सभापति देउवालाई प्रधानमन्त्रीका लागि अग्रसरता लिन भन्ने आग्रहसहित प्रमको ललिपप लिएर राजदूत यान्छी फकाउन शुक्रवार दिउँसो ३ बजे बुढानिलकण्ठ पुगेको बुझिएको छ ।

    राजदूत यान्छीलाई देउवाले पार्टीभित्र सल्लाह गर्ने भनेर टारेका छन् । यान्छीले वर्तमान राजनीतिले निकास लिनुपर्ने चाहना चीनको भएको र त्यसमा अग्रसरता लिन अनुरोध गरेकी थिइन् ।

    चैत्र १३, २०७७ शुक्रवार १६:३४:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana