Logo

बुधवार, आषाढ २ गते २०७८

अस्पतालमा आगलागी, ९ जनाको मृत्युृ

अस्पतालमा आगलागी, ९ जनाको मृत्युृ

नेपालपाना चैत्र १३ २०७७
  • 2.4K
    SHARES
  • अस्पतालमा आगलागी,  ९ जनाको मृत्युृ

    एजेन्सी। भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । 

    बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 

    अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन्। 

    कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

    चैत्र १३, २०७७ शुक्रवार १९:४१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana