Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रचण्डको योजनामा कांग्रेसमा ठूलो विद्रोहको तयारी, को को जाँदैछन् माओवादीको सती?

प्रचण्डको योजनामा कांग्रेसमा ठूलो विद्रोहको तयारी, को को जाँदैछन् माओवादीको सती?

नेपाल पाना चैत्र १५ २०७७
  • 33.7K
    SHARES
  • प्रचण्डको योजनामा कांग्रेसमा ठूलो विद्रोहको तयारी, को को जाँदैछन् माओवादीको सती?

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताबाट हटाउने योजना बनाएको छ । नेकपा माओवादी केन्द्रको आवश्यकताअनुसार देउवा हटाउने तयारी भएको हो ।

    माओवादी निकट उच्च स्रोतका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र गगन थापाले देउवालाई हटाउने योजना बनाएका हुन् । यो समूहले प्रकाशमान सिंहलाई दलको नयाँ नेता चुन्ने तयारी छ ।

    कांग्रेसले आगामी बुधवार संसदीय दलको बैठक बोलाएको छ । जुन हिउँदे अधिवेशनको अन्तिम बैठक हुने बताइएको छ ।  कसैलाई साथ नदिएर कांग्रेसमा परिपक्व निर्णय लिइरहेका देउवाविरुद्ध विद्रोहका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समन्वय गरिरहेको पनि बुझिएको छ ।

    प्रचण्डले रामचन्द्र पौडेललाई हातमा लिएका छन् । आफूलाई साथ नदिने देउवा हटाउनका लागि प्रचण्डले पौडेललाई भारी फण्डसहित सबै सहयोग गर्ने बचन समेत दिएको उच्च स्रोतले दाबी गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर नयाँ समीकरण बनाउने प्रयासमा रहेका अध्यक्ष प्रचण्ड सफल भइरहेका छैनन् ।

    एमालेभित्र माधव नेपाललाई आफ्नो मुठ्ठीमा पार्न सफल प्रचण्डले कांग्रेसभित्रका पौडेल समूहलाई उचालेर विद्रोहको वातावरण बनाएका छन् । जसपामा उपेन्द्र यादव समूह उनको पक्षमा छ । जसपाभित्र विग्रह ल्याउन सफल भइसकेका प्रचण्ड कांग्रेसभित्र पनि विद्रोह गराएर आफू सत्तामा जाने मार्ग प्रशस्त गर्ने प्रयत्नमा छन् ।

    कांग्रेस सभापति देउवाले आफूहरुलाई प्रतिपक्षीमा बस्ने म्याण्डेट भएको र अविश्वास प्रस्ताव पनि नल्याउने र सरकारमा पनि सहभागी नहुने बताइसकेका छन् ।

    यता जसपाका अध्यक्ष महन्थ ठाकुरले पनि अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भनेर देउवाले भनेको बताइसकेका छन् । कांग्रेसभित्र पौडेल समूह देउवालाई सरकारमा जान भनेर उचाल्ने र उनको छवि ड्यामेज गरेर आगामी महाधिवेशनमा नेतृत्व हत्याउने दाउमा छ । यो बुझेका देउवा सतर्क छन् ।

    यस्तोमा देउवाका अगाडि कुनै जोर नचलेपछि पौडेल समूह माओवादीको सती जान तयार भएको उच्च स्रोतले बतायो । पौडेल समूहमा असन्तुष्ट एक नेताले देउवालाई हटाउनेबारे छलफल भइरहेको तर यसले पार्टीलाई नै क्षति पुग्ने बताए । आफूहरुले यो कदम नचाल्न सुझाव दिएको उनले बताए । शनिवार प्रचण्डसँगै बसेर पौडेल निकट नेता मिनेन्द्र रिजालले सभापतिलाई सरकारको विरुद्धमा उभ्याउन प्रयास गरे पनि नसकेको बताएका थिए ।

    रिजालले भनेका थिए, ‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ। राजनीतिक निर्णय गर्न हामी तयार छौं। प्रमसँग ओली पदमा पुगेदेखि नै हाम्रो विश्वास छैन।’ उनको भनाइबाट पौडेल समूह सुरु देखिनै असन्तुष्ट छ । तनहुँमा थुनेकाले पनि पौडेल ओलीप्रति अझ रुष्ट छन् । जसका कारण उनी ओलीविरुद्ध प्रचण्डसँग हात मिलाउन तयार भएका छन् ।

    जसअनुसार पहिला सभापति देउवालाई नै ओलीविरुद्ध उचाल्ने प्रयास गरे। नसकेपछि देउवालाई हटाएर अनि ओली हटाउन अघि बढ्ने रणनीतिमा पौडेल समूह अघि बढेको बुझिएको छ ।

    चैत्र १५, २०७७ आइतवार ०७:११:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # शेरबहादुर देउवा

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana