काठमाडौं। अत्यधिक वायु प्रदुषणका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शैक्षिक संस्थाहरु चार दिन बन्द राख्न निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनविपरित तनहुँको भिमाद नगरपालिकाले भने विद्यालय खुलै राख्ने जनाएको छ। मन्त्रालयले शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि भिमादले विद्यालय खुलै राख्ने सूचना जारी गरेको छ।
नगर क्षेत्रमा हालसम्म वातावरणीय असहज अवस्था नभएकाले विद्यालय खुलै राख्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत टेकावती थापाद्वारा विज्ञप्ती जारी गरिएको छ ।
