Logo

शनिवार, बैशाख ४ गते २०७८

टाटा प्रोजेक्ट्सले नेपालमा पायो ३ सय करोड रुपैयाँको ठेक्का, अब प्रदेश २ को मुहार फेरिने

टाटा प्रोजेक्ट्सले नेपालमा पायो ३ सय करोड रुपैयाँको ठेक्का, अब प्रदेश २ को मुहार फेरिने

Nepal Pana चैत्र १७ २०७७
  • 7.5K
    SHARES
  • टाटा प्रोजेक्ट्सले नेपालमा पायो ३ सय करोड रुपैयाँको ठेक्का, अब प्रदेश २ को मुहार फेरिने

    काठमाडौँ । टाटा प्रोजेक्ट्सले नेपालमा ३ सय करोड रुपैयाँको परियोजना पाएको छ । परियोजना विद्युत प्रसारण वितरण कार्यसँग सम्बन्धित रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।

    कम्पनीले विज्ञप्ति जारी गरेर नेपाल विद्युत प्राधिकरणबाट हालै करिब ३ सय करोडको एक प्रतिष्ठित अर्डर प्राप्त गरेको जनाएको छ ।

    एसियन डेभलपमेन्ट बैंक (एडिबी) आर्थिक अनुदान रहेको परियोजनाले प्रदेश २ लाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्य राखेको छ । जसमा आवश्यक वितरण प्रणालीको बृद्धि समेत उल्लेख छ ।

    कोर इंफ्रा, टाटा प्रोजेक्ट्स लिमिटेडका सिईओ विवेक गौतमले काम समयमै सम्पन्न गर्ने बताए । काम गर्दा आउने चुनौतीको सामना गर्न आफूहरु पूर्ण रुपमा तयार रहेको उनको भनाइ छ । 

    परियोजनाअन्तर्गत १० एनओएस्, ३३/११ केभी सबस्टेशन्सको सम्बन्धित सिभिल कामहरू र ग्रामीण विद्युतीकरण र वितरण नेटवर्क सुदृढिकरणका लागि ५ सय एनओएस् वितरण ट्रान्सफार्मरको निर्माण र समापन डिजाइन, आपूर्ति, वितरण, स्थापना, परीक्षण र कमिसन समावेश छ।

    परियोजना प्रदेश २ को ८ जिल्लाहरु सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा लागु हुनेछ । परियोजना सम्पन्न भएपछि आर्थिक गतिविधि बढ्ने र प्रदेश २ स्थितिमा सुधार आउने अपेक्षा गरिएको छ ।

    कम्पनीले आफूसँग ठूला जटिल शहरी र औद्योगिक पूर्वाधार परियोजनाहरु कार्यान्वयनमा विशेषज्ञता रहेको र त्यसलाई नेपालमा देखाउने बताएको छ ।

    चैत्र १७, २०७७ मंगलवार १०:२४:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana