Logo

शनिवार, बैशाख ४ गते २०७८

आगामी बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीकाे आग्रह !

आगामी बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीकाे आग्रह !

नेपालपाना चैत्र १९ २०७७
  • 1.3K
    SHARES
  • आगामी बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न अर्थमन्त्रीकाे आग्रह !

    एजेन्सी। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्नसक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयलाई आग्रह गरेका छन् । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्नसक्ने कार्यक्रम र सोहीअनुसार बजेट प्रस्ताव गर्न अनुरोध गरेका हुन् । 

    खर्च हुन नसक्ने भएकाले ‘सरेन्डर’ गर्नुपर्ने अवस्था पनि रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बहुवर्षीय योजनामा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गरेका हुन् । 

    सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने सीमा रहेको बताउँदै उनले बजेट कार्यान्वयन गर्नसक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए । 

    प्राथमिकताका आधारमा कार्यक्रम प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता औँल्याए । उनले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने उल्लेख गरे । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे ।

    चैत्र १९, २०७७ बिहिवार २०:१७:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिष्णु पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana