Logo

बिहिवार, श्रावण २६ गते २०७९

images

बेइजिङ ओलम्पिक बहिष्कार गर्न अमेरिकालाई पूर्व विदेशमन्त्रीको आग्रह

बेइजिङ ओलम्पिक बहिष्कार गर्न अमेरिकालाई पूर्व विदेशमन्त्रीको आग्रह

नेपाल पाना चैत्र २२ २०७७
  • 9.6K
    SHARES
  • बेइजिङ ओलम्पिक बहिष्कार गर्न अमेरिकालाई पूर्व विदेशमन्त्रीको आग्रह

    वाशिङ्टन । अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पियोले अमेरिकालाई बेइजिङमा सन् २०२२ मा हुने विन्टर ओलम्पिक बहिष्कार गर्न आग्रह गरेका छन् । उनले चीनले मानवअधिकारको चरम उल्लंघन गरेका कारण मानवअधिकारको पक्षमा समर्थन गर्न आग्रह गर्दै ओलम्पिक बहिष्कार गर्न आग्रह गरेका हुन् । 

    डोनाल्ड ट्रम्पको शीर्ष कूटनीतिज्ञ हुँदा बेइजिङका मुखर आलोचक पोम्पीओले विगतको प्रशासनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई शीतकालीन खेलहरू सार्न लगाउने प्रयास गरेको थियो । तर, कार्यकाल सकिँसक्दा पनि सारिएका थिएनन् । 

    "मलाई आशा छ कि हाम्रा एथलीटहरूले ओलम्पिकमा भाग लिने मौका पाउनेछन् । उनीहरू यसको हकदार छन् तर, चीनमा हुने ओलम्पिक भने बहिष्कार गर्नुपर्दछ ।" पोम्पीओले भने ।

    "तर अन्तमा हामी अमेरिकी एथलीटहरुलाई बेइजिङ यात्रा गर्न र चिनियाँ कम्युनिष्ट पार्टीलाई पुरस्कृत गर्न सक्दैनौं । जब कि उनीहरूले अनावश्यक मानिसहरुलाई जात र धर्मका आधारमा यातना दिने खराब गतिविधि गरिरहेका छन्," उनले थपे । 

    "ओलम्पिक स्वतन्त्रता र एथलेटिक प्रतिभाको अभिव्यक्ति हो । र त्यसलाई बेइजिङमा राख्नु पूर्ण रूपमा अनुपयुक्त छ," पूर्व विदेशमन्त्री पोम्पियोले भने । 

    अन्य अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरुले पनि बेइजिङलाई ओलम्पिक आयोजक राष्ट्र नबनाउनका लागि दबाब दिइरहेका छन् । 

    चैत्र २२, २०७७ आइतवार ०९:१७:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन
  • # अमेरिका

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend