Logo

शनिवार, बैशाख ४ गते २०७८

सत्तामा राजसंस्था समेट्न संसदमै उठ्यो आवाज, राजा फर्किने संकेत ?

सत्तामा राजसंस्था समेट्न संसदमै उठ्यो आवाज, राजा फर्किने संकेत ?

नेपालपाना चैत्र २३ २०७७
  • 1.4K
    SHARES
  • सत्तामा राजसंस्था समेट्न संसदमै उठ्यो आवाज, राजा फर्किने संकेत ?

    काठमाडौं। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सत्तामा राजसंस्थालाई समेट्ने बिषयमा उठेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले  ‘राजसंस्था’लाई पनि सत्तामा समेट्नुपर्ने आवाज उठाएका हुन् ।

    अहिलेको शासन प्रणाली नै विफल भएको दाबी गर्दै उनले अब, नयाँ ढङ्गले सहमति आवश्यक रहेको बताएका हुन् । मुलुकमा देखिएको अस्थिरता, अनिश्चय कुनै एक व्यक्ति वा एउटा पार्टीको मात्र नभएको तर, पूरै शासन प्रणालीकै भएको उनको भनाइ छ ।

    ‘वर्तमान सरकारसँग धेरै कुरामा विमति, असहमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र यो वर्ष विप्लव समूहको नेकपालाई सरकारले मुल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘साँच्चै नै राष्ट्रिय एकता गर्ने हो भने यतिले मात्र पुग्दैन, सिके राउत र नेत्रविक्रम चन्दलाई मात्र होइन, अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्न म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु’, उनले भन ।

    चैत्र २३, २०७७ सोमवार १९:३६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # राज

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana