Logo

शनिवार, बैशाख ४ गते २०७८

प्रचण्ड समुहले गर्याे खुलेरै हार स्वीकार , ओली सरकारमा खुसीयाली !

प्रचण्ड समुहले गर्याे खुलेरै हार स्वीकार , ओली सरकारमा खुसीयाली !

नेपालपाना चैत्र २३ २०७७
  • 2.5K
    SHARES
  • प्रचण्ड समुहले गर्याे खुलेरै हार स्वीकार , ओली सरकारमा खुसीयाली !

    काठमाडौं। प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । अविश्वासको प्रस्ताव पारित गर्ने अंकगणित नपुग्ने भएपछि माओवादीले हार स्वीकार गर्दै अविश्वासको प्रस्ताव फिर्ता ल्याएको हो । यसले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समुहमा भने खुसीयाली भएको छ ।

    प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४)तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१)बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

    अविश्वासको प्रस्तावको समर्थक एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए। अविश्वासको प्रस्तावको समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

    प्रस्ताव र समर्थक दुवै जनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेको प्रति सरकारको आलोचना गर्नुभयो ।

    सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययीता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए ।

    चैत्र २३, २०७७ सोमवार २०:३६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana