Logo

शनिवार, बैशाख ४ गते २०७८

विश्‍वको शीर्ष पेन्सन कोष चिनियाँ ऋणको सामना गर्दै

विश्‍वको शीर्ष पेन्सन कोष चिनियाँ ऋणको सामना गर्दै

Nepal Pana चैत्र २४ २०७७
  • 2.2K
    SHARES
  • विश्‍वको शीर्ष पेन्सन कोष चिनियाँ ऋणको सामना गर्दै

    बेइजिङ । विश्वको शीर्ष निवृत्तिभरण कोषले चीनको ऋणमा सामना गरिरहेको छ । जापानी सेवानिवृत्ति लगानीकर्ताले जोखिमपूर्ण स्थिति सिर्जना भएको बताएपछि चिनियाँ ऋणको सामना गर्नुपरेको हो । 

    चिनियाँ सरकारको ऋणमा जापानी पेन्सनको पैसा लगानी गर्नु राजनीतिक तवरले असम्बन्धित निर्णय हुन सक्ने भन्दै आलोचनासमेत भएको छ । जापानले गर्भमेन्ट पेन्सन इन्भेस्टमेन्ट फन्डले १.६३ ट्रिलियन अमेरिकी डलर लगानी गर्ने बताएका छन् । 

    यदि जापानले अन्य प्रमुख प्रजातन्त्रहरूमा चीनमा प्रतिबन्ध लगाउने दबाबमा दियो भने ती सम्बन्धहरू अझ प्रगाढ हुनसक्नेसमेत बताइएको छ । 

    संसारको सबभन्दा ठूलो पेन्सन कोषले राजनीतिक संवेदनशीलता र हार्ड रिटर्नको बीच छनोट गर्नुपर्ने भएको हो । एफटीएसई रसलले अक्टोबरदेखि चिनियाँ ऋणलाई आफ्नो बेंचमार्क ग्लोबल बन्ड इंडेक्समा जोड्ने योजना अगाडि बढाउने भएको छ भने जापानको सरकारी पेंशन लगानी कोष (जीपीआईएफ) ले अब आफ्नो पैसालाई चीनको सार्वभौम ऋणमा राख्ने कि नराख्‍ने भन्‍ने निर्णय गर्नेछ । 

    चिनियाँ सरकारको ऋणमा जापानी पेन्सनको पैसा लगानी गर्नु दुई देशबीचको ऐतिहासिक तनावपूर्ण सम्बन्धलाई ध्यानमा राख्‍नुपर्ने अन्तर्राष्ट्रिय समुदायले जनाएको छ । 

    चैत्र २४, २०७७ मंगलवार ०८:५३:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana