Logo

आइतवार, जेठ २ गते २०७८

स्वास्थ्यमन्त्री त्रिपाठीले संसदमै गगन थापालाई दिए दनक, एउटै कुराले बनायो नाजवाफ

स्वास्थ्यमन्त्री त्रिपाठीले संसदमै गगन थापालाई दिए दनक, एउटै कुराले बनायो नाजवाफ

Nepal Pana चैत्र २४ २०७७
  • 102.1K
    SHARES
  • स्वास्थ्यमन्त्री त्रिपाठीले संसदमै गगन थापालाई दिए दनक, एउटै कुराले बनायो नाजवाफ

    काठमाडौं । प्रतिनिधिसभाको सोमवारको बैठकमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा र वर्तमान स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबिच आरोप प्रत्यारोप चल्यो ।

    थापाले सरकारले कोभिड १९ संक्रमण बढ्दा हेलचक्रयाइ गरिरहेको बताउँदा स्वास्थ्यमन्त्री त्रिपाठीले गगनले तराईमा गएर मापदण्ड नै उल्लंघन गरेको तथ्य दिएर बोल्ती बन्द गराए । 

    हिजोको संसदमा सांसदहरुले कोरोना महामारी नै नभएजस्तो गरी राष्ट्रपतिदेखि प्रधानमन्त्री र दलका नेतासम्मले दौडधुप बढाएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रभावकारी योजना बनाउनुपर्नेमा जोड दिए ।

    यस्तो छ थापा र त्रिपाठीको जुहारी

    गगन थापा : होली नखेल भन्ने सरकारका प्रधानमन्त्री हजारौं मान्छे लिएर रंगशाला फुटबल हेर्न जानुभयो । सम्माननीय राष्ट्रपतिज्यूबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भइरहेको छ । सरकारको र हाम्रो पनि सभा चलिरहेको छ । जनतालाई भन्छ पर्व नगर । छानीछानी हो र ? सरकारलाई लाग्ने जनतालाई नलाग्ने ? सरकारको धारणा के हो ? पहिलो चरणमा कोरोना अघि–अघि जनता र सरकार पछिपछि भए, मन्त्रालयले के सिक्यो, म जान्न चाहन्छु ।

    त्रिपाठी : पार्टीहरुले, नेताजीहरुले, प्रम, भूतपूर्व प्रम सबैले नै जुन सभा गर्नुभयो, स्वास्थ्य मन्त्रालयले त थुन्न सक्ने भएन । सबैलाई मम मम गरौं न । कार्यकर्ताले कोरोनालाई त त्यसै धपाइदिन्छन् भनेजस्तो नगरौँ । उनले स्वास्थ्य मापदण्ड उलंघन भएको स्वीकार्दै मापदण्ड पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । मन्त्री त्रिपाठीले गगन थापाले पनि स्वास्थ्य मापदण्डको उलंघन गरेको भन्दै झटारो हान्न भ्याए । ‘गगन थापा नै मेरो क्षेत्रमा गरेर सभा गरेर मापदण्ड उल्लंघन गर्नुभएको थियो । मैले सांसदकै रुपमा सोच्दा पनि राजनीतिक वृत्तमा भइएन,’ उनले भने ।

    चैत्र २४, २०७७ मंगलवार ०९:१८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana