Logo

शनिवार, बैशाख ४ गते २०७८

उपेन्द्र यादवले यसकारण सम्बोधन हुन दिँदैनन् मधेसका मुद्दा, महन्थ ठाकुरले वातावरण बनाउँदा भाड्ने प्रयास

उपेन्द्र यादवले यसकारण सम्बोधन हुन दिँदैनन् मधेसका मुद्दा, महन्थ ठाकुरले वातावरण बनाउँदा भाड्ने प्रयास

Nepal Pana चैत्र २४ २०७७
  • 14.4K
    SHARES
  • उपेन्द्र यादवले यसकारण सम्बोधन हुन दिँदैनन् मधेसका मुद्दा, महन्थ ठाकुरले वातावरण बनाउँदा भाड्ने प्रयास

    काठमाडौं । पुस ५ पछि नेपालमा विकसित राजनीतिक घटनाक्रममा केहीका लागि फाइदाजनक देखिएको छ भने केहीले ठूलो नोक्सानी भोग्नुपर्ने संकेत देखाएको छ । मधेसको मुद्दा एकपटक फेरि चर्चामा छ । जो जाँच गर्न लायक छ ।

    मधेस केन्द्रीत दलका नेताको दावी छ कि उनका कैयौ मागहरु विगतमा कुनै पनि सरकारले सम्बोधन गरेन । सम्भवतः ओली सरकारबाट सम्बोधन हुनसक्छ ।

    मुख्य रूपले मुद्दामा जसपाका सांसद रेशम चौधरीका साथै कैयौ अन्य बन्दीको रिहाई र मधेसी तथा थारुहरुमाथिको झुटा मुद्दा फिर्ता लिनुपर्ने माग समावेश छ ।

    नागरिकता सम्बन्धित अन्य मुद्दाहरु पनि छन् । साथै संवैधानिक संशोधन पनि छ । जसलाई ओली सरकारले तत्काल समाधानका लागि तदारुकता देखाएको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।
     
    रोचक त के छ भने नेपाली राजनीतिमा कैयौ नेता छन् जसमा प्रचण्ड र अन्य नेता समावेश छन् । जसले यी मुद्दा सम्बोधन गरेर मधेसीकहाँ पुगाउने वाचा गरे । यद्यपि तथ्य त यो हो कि प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई लगायत प्रधानमन्त्रीका रुपमा सत्तामा रहँदा उनीहरु कसैले पनि मधेसीको कुनै माग सम्बोधन गरेनन् । खाली धोका मात्रै थिए । आफ्नो कर्तव्य निर्वाह गरेनन् । अब जब उनीहरु कठिन र हारको मानसिकताको स्थितिमा छन् अनि मधेशको माग पूरा गर्न तयार छन् ।
     
    यो विशिष्ट अवसरवादी राजनीति हो । हालै जसपाका अध्यक्ष महन्त ठाकुरले पनि उल्लेख गरेका छन् कि मधेशीहरुको उपयोग र दुरुपयोग गरिएको छ । आफ्नो स्वार्थ पूरा भएपछि मधेसीको मुद्दालाई वेवास्ता गरिन्छ ।

    यद्यपि यहाँनेर प्रधानमन्त्री ओलीले आफ्नो रणनीति राम्रोसँग खेलेका छन् र उनले अधिकांश मधेसी मुद्दाहरूलाई आफ्नै ढंगले सुल्झाउने निर्णय गरेका छन् । उनी सधै मधेसी एजेन्डाको विरोध गर्ने र मधेसी मुद्दाहरूलाई सबैभन्दा बढी क्षति पुर्यारउने भन्ने व्यक्तिको रूपमा चिनिन्छन्, यद्यपि यदि उनी इच्छुक छन् र मधेसी मुद्दाहरूलाई सुल्झाउन चाहन्छ भने निशन्देह उनी नायक हुनेछन् । मधेसीहरुका लागि, थारुहरु र अरु सीमान्तकृतहरुका लागि ।

    प्रधानमन्त्री आफ्नो रणनीतिमा अगाडि बढेमा पक्कै पनि यो नेपाली कांग्रेस र प्रचण्डसँग रहेका अधिकांश अन्य नेताहरुको हितमा हुनेछैन । किनकि मधेसी र अन्य सीमान्तकृत समुदायहरूसँगको उनीहरूको सम्बद्धताको सम्बन्धमा बेवास्ता भएको महसुस गर्नेछन् । अर्थात मधेसी भावनामा राजनीति गर्ने बाटो बन्द हुनेछ ।
     
    उनीहरु मध्ये कोही प्रधानमन्त्री ओलीले मधेसी मुद्दाहरुमा पुर्या्उँछन् कि भनेर चिन्तित छन् र अनावश्यक अफवाहको माध्यमबाट प्रक्रियालाई बिगार्न पनि चाहन्छन् ।

    उपेन्द्र यादवले मधेसीका केही माग पूरा भएको देख्न चाहँदैनन् । किनकि यो उनको उनको असफलता मानिनेछ । जबकी ओली सरकारमा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री हुँदा पनि उनले दुर्भाग्यवश मधेसी मुद्दाहरूको बारेमा छलफल गरेनन् ।
     
    यदि जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन नदिएरै, सरकारमा नगएरै मधेसमा मुख्य मुद्दाहरु सम्बोधनतर्फ लैजान सफल भयो भने उपेन्द्र यादव एक यस्तो व्यक्तिको रूपमा चित्रित हुनेछन कि जो सरकारमा रहँदा आफ्नो लाभमा पूर्ण रुपले रुची राख्थे । मधेस मुद्दाप्रति उनको कुनै रुची थिएन ।
     
    यहाँनेर उपेन्द्रले २०६४ सालमा तत्कालिन सरकासँग गरेको २२ बुँदे सम्झौतालाई पनि स्मरण गर्नुपर्छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले यसमा उल्लेखित सबै माग सम्बोधन गर्न सम्भव नभएको बताएका थिए । यसमा उपेन्द्रले मधेसीको मुद्दालाई सम्बोधन गर्न चाहन्छ, यो सम्झौता सरकारमा सहभागी हुन एक जाँच हो भनेका थिए । उपेन्द्रले कसैले पनि झलनाथलाई मधेसका सबै माग मान्नका लागि नभन्ने उल्लेख गरेका थिए ।
     
    उपेन्द्र यादव प्रमुख दलहरुसँग सम्झौतामा हस्ताक्षर गरेर पटक पटक सरकारमा सहभागी भए । मधेसी भावनामा सत्ता र शक्तिको आनन्द लिए । अन्तत आफ्नै भाइहरु र बहिनीहरुमाथि गद्दारी गरे । जसका आफन्तहरु मधेस आन्दोलनमा मारिएका थिए र जसले न्यायको आशमा उपेन्द्रलाई भोट दिएर जिताएर जनप्रतिनिधिका रुपमा पठाए । तर उपेन्द्रले घात गरे ।

    चैत्र २४, २०७७ मंगलवार १०:५०:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana