काठमाडौं। नेकपा माओवादी केन्द्रले खैलाबैला गरेपछि करिब डेढ महिनापछि बस्न लागेको बाग्मती प्रदेशको प्रदेशसभा नै अवरुद्ध भएको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीडोरमणि पौडेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
सरकारालई अनेकथरी आरोप लगाउँदै माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्रीको राजीनामा मागेका हुन् । यसरी अवरुद्ध भएपछि प्रदेशसभाको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।