काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलले कुनै समयमा आफुमाथि बम हानेको बताएका छन् ।
मंगलबार रुकुमको सदरमुकाम खलंगामा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले आफुमाथि बम हान्नेलाई नै गृहमन्त्री बनाएर गल्ती गरेको अभिव्यक्ती दिएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘संविधानसभाको निर्वाचन २०७० सालमा ममाथि बम हान्नेलाई गृहमन्त्री बनाएँ, केही पनि आधार नभएकालाई स्थायी समिति सदस्य बनाएँ। गल्ती त भएकै हो ।’
यसबाहेक उनले, दुःखसुखमा साथ छाडेर अन्य पार्टी र देशीविदेशीसँग लागेका एवं नेतृत्वलाई घेराबन्दी गर्नेलाई ठाउँ दिँदा गल्ती भएको गुनासो पोखेका छन् ।