Logo

शनिवार, बैशाख ४ गते २०७८

सरकार गठनबारे देउवाले गरे नयाँ खुलासा, बालुवाटारमा खुसीयाली !

सरकार गठनबारे देउवाले गरे नयाँ खुलासा, बालुवाटारमा खुसीयाली !

नेपालपाना चैत्र २५ २०७७
  • 2.8K
    SHARES
  • सरकार गठनबारे देउवाले गरे नयाँ खुलासा, बालुवाटारमा खुसीयाली !

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउने बिषयमा बारे तत्काल सम्भावना नभएको संकेत गरेका छन् ।

    बुधबार झापाको बुद्धशान्ति गाउँपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा बोल्दै सभापति देउवाले संख्या सुनिश्चित भइनसकेका कारण नयाँ सरकार बनाउने सम्भावना नरहेको कुरा निकालेका हुन् ।

    उनले संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने बताएका छन् ।उनले भने, ‘संख्या निश्चित भएको खण्डमा पुनः धोका नहुने किसिमको हुनुपर्‍यो। हामी भाग्ने कुरा छैन ।’

    उनले नेकपा माओवादी केन्द्रले समर्थन नगरेको कुरा समेत उदृत गरेका छन् । उनले अघि भने,‘प्रधानमन्त्री बन्‍नु पर्‍यो सबैले भनेका छन् । भाग्न पनि खोज्या छैन म, तर प्रचण्ड अहिलेसम्म ओलीकै सरकारमा छन् । शेरबहादुरलाई प्रधानमन्त्री बन्न पर्‍यो भन्छन् । सर्मथन फिर्ता लिएकै छैन । अब हेर्नुस् त ! के पत्याउने ? समर्थन पहिले फिर्ता लिनु पर्‍यो नि ।’

    नयाँ सरकार गठनको समिकरण बन्न नसक्दा बालुवाटारमा भने खुसीको संकेत देखिएको छ ।

    चैत्र २५, २०७७ बुधवार १९:५३:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana