Logo

शनिवार, बैशाख ४ गते २०७८

प्रचण्डको 'सनक'मा राजीनामा दिनुपर्दा गण्डकीमा संसदमै रोए माओवादी मन्त्री, मुख्यमन्त्रीको गरे प्रशंसा

प्रचण्डको 'सनक'मा राजीनामा दिनुपर्दा गण्डकीमा संसदमै रोए माओवादी मन्त्री, मुख्यमन्त्रीको गरे प्रशंसा

Nepal Pana चैत्र २५ २०७७
  • 34.8K
    SHARES
  • प्रचण्डको 'सनक'मा राजीनामा दिनुपर्दा गण्डकीमा संसदमै रोए माओवादी मन्त्री, मुख्यमन्त्रीको गरे प्रशंसा

    काठमाडौं । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा बाध्यतावश राजीनामा दिएका नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारका मन्त्री भावुक भएका छन् ।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ (एमाले नेता)सँग राम्रो टिमवर्क भइरहेका बेला माओवादीका दुई जना मन्त्री संघका नेताहरुको लडाईको सिकार बनेका छन् ।

    केपी ओलीसँगको प्रचण्डको इगोका कारण सनकका भरमा लिएको निर्णयका कारण मुख्यमन्त्री गुरुङको कम्फर्टेबल क्याविनेट छोड्न बाध्य भएका हुन् ।

    गण्डकी सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बुधवार राजीनामा दिए ।

    राजीनामाको जानकारी प्रदेशसभाको सातौं अधिवेशनको पहिलो बैठकमा जानकारी गराउँदै मन्त्री चुमान भावुक भए । उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टिममा उत्कृष्ट काम गरेको भन्दै उक्त परिवारका छुट्टिदा दु:ख लागेको बताए । उत्कृष्ट काम गर्ने अवसर दिएकोमा मुख्यमन्त्री गुरुङलाई धन्यवाद पनि दिए ।

    बोल्ने क्रममा भावुक भएका उनले आफ्नो पार्टीको केन्द्रीय नेतृत्वमाथि अनौपचारिक आक्रोश पनि पोखे । संघीयतामाथि प्रहार गरेको आरोप लगाए । संघमा घटेका घटनाको प्रभावमा प्रदेश परेको र प्रदेश स्वायत्त नभएको गुनासो गरे । चुमानले आफ्नो लामो भाषणका क्रममा केन्द्रको प्रभाव र नैतिकताले राजीनामा दिन बाध्य भएको प्रष्टिकरण दिए । उनको भाव मन नहुँदा नहुँदै पनि प्रचण्डको सनकको कारण मन्त्री पद छोड्नुपरेको भन्ने थियो ।

    मन्त्रीहरुको राजीनामामा मुख्यमन्त्री गुरुङले पनि असन्तुष्टि जनाए । उत्कृष्ट टिमका सदस्य बाहिरिन लागेकोमा मुख्यमन्त्री असन्तुष्ट थिए । त्यसमाथि केन्द्रबाट मन्त्री फिर्ता बोलाउने ठाडो आदेश आउनुमा उनको मुख्य असन्तुष्टि थियो ।

    आफूले गण्डकी प्रदेशको मन्त्रिमण्डल गठन गर्दा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह नगरेको, इजाजत नमागेको भन्दै मुख्यमन्त्री सुब्बाले आफै मन्त्रिमण्डल गठन गरेको बताए । एकपटक पार्टीले आफ्नो संसदीय दलको नेता चुनिसकेपछि मुख्यमन्त्रीले मुलुकको संविधान कार्यान्वयन गर्नुपर्ने अधिकार प्रयोग गरेको उनको भनाइ थियो  ।

    ‘माथिको सरकारको नेताहरुको निर्णयले हामी प्रभावित भएका छौं भने यसले संघीयता कमजोर बनाउँछ,’ मन्त्रीको राजीनामातर्फ संकेत गर्दै भने ।

    चैत्र २५, २०७७ बुधवार २०:०८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana