Logo

शनिवार, बैशाख ४ गते २०७८

रामचन्द्र पौडेललाई धेरै बुरुक बुरुक नउफ्रिन सभापति देउवाको चेतावनी

रामचन्द्र पौडेललाई धेरै बुरुक बुरुक नउफ्रिन सभापति देउवाको चेतावनी

Nepal Pana चैत्र २५ २०७७
  • 5.9K
    SHARES
  • रामचन्द्र पौडेललाई धेरै बुरुक बुरुक नउफ्रिन सभापति देउवाको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलतर्फ संकेत गर्दै विवाद देखाएर पार्टीभित्र आफैले आफैलाई कमजोर नबनाउन चेतावनी दिए ।

    नवीन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जलीसभामा उनले नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दै पार्टी कहिलै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आह्वान गरे ।

    'यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली कांग्रेस संकटमा हिजो पनि थिएन । आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौं । पार्टी जीतहारले संकटमा नभई धेरै पटक हामी हारेका छौं । धेरै पटक जितेका पनि छौं । त्यसैकारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी संकटमा छैन' उनले भने ।

    सभापति देउवाले जोशीको निधनले पार्टीले नेतृत्व गर्न सक्ने क्षमता भएको नेता गुमाएको समेत बताए । स्वर्गीय नेता जोशीमा पार्टीको नेतृत्व गर्न सक्ने क्षमता भएको र उनको निधनले पार्टीले पार्टी हाक्ने नेता गुमाउनुपरेको उनले बताएका हुन् ।

    चैत्र २५, २०७७ बुधवार २१:००:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana