Logo

शनिवार, बैशाख ४ गते २०७८

पद गुमाएर छट्पटिएका माओवादी मन्त्री उत्रिए कुटपिटमा, कार्यकर्ता कुटिएपछि एमालेले निकाल्यो विज्ञप्ति

पद गुमाएर छट्पटिएका माओवादी मन्त्री उत्रिए कुटपिटमा, कार्यकर्ता कुटिएपछि एमालेले निकाल्यो विज्ञप्ति

Nepal Pana चैत्र २५ २०७७
  • 76.9K
    SHARES
  • पद गुमाएर छट्पटिएका माओवादी मन्त्री उत्रिए कुटपिटमा, कार्यकर्ता कुटिएपछि एमालेले निकाल्यो विज्ञप्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहिसकेका एक जना नेता कुटपिटमा उत्रिएका छन् ।

    वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा माओवादी केन्द्रका नेता युवराज दुलालले सिन्धुपाल्चोकमा एमाले कार्यकर्तालाई कुटेका हुन् ।

    एमालेले विज्ञप्ति जारी गरेर एम्बुलेन्स हस्तान्तरणसम्बन्धी एक कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवादमा दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको जनाएको छ ।
     
    मेलम्ची खानेपानी विकास समितिको सहयोगमा प्राप्त एम्बुलेन्स स्थानीय पोखरे साना किसान कृषि सहकारीलाई हस्तान्तरणका क्रममा सो विवाद भएको हो ।

    एमालेले आफ्ना जिल्ला कमिटी सदस्य विष्णुमणि आचार्य तथा इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रममा कार्यरत अशोक कोइरालामाथि हातपात भएको जनाएको हो । दुलालसहितको टिमको आक्रमणबाट कोइरालाको आँखामा चोट लागेको जारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे दुलालले भने प्रतिक्रिया दिन चाहेनन् ।

    Uml Melamchi Press Release.png

    चैत्र २५, २०७७ बुधवार २१:११:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माओवादी

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana