Logo

शनिवार, बैशाख ४ गते २०७८

ओलीमाथि यसरी रिसाए माधव नेपाल, क-कसले गरे ब्ल्याकमेल?

ओलीमाथि यसरी रिसाए माधव नेपाल, क-कसले गरे ब्ल्याकमेल?

Nepal Pana चैत्र २६ २०७७
  • 3.5K
    SHARES
  • ओलीमाथि यसरी रिसाए माधव नेपाल, क-कसले गरे ब्ल्याकमेल?

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

    आफू निकट बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै नेता नेपालले निर्वाचन आयोगले केपी ओलीलाई बैधानिकता दिई अध्यक्ष मानेमा नआत्तिन आग्रह गरेका हुन्। उनले समस्या आएमा समाधान पनि निकाल्ने बताए। आफ्नो पक्षमा लागेका कुनै पनि नेता कार्यकर्तालाई बिचैमा अलपत्र नपार्ने पनि नेता नेपालले बताए। एउटै डुङ्गामा यात्रा गर्नेहरुलाई आफूले सफलताका साथ वारीबाट पारी पुर्या ई छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे।
     
    नेता नेपालले आफूहरु लोकतान्त्रिक कम्युनिष्ट शक्तिहरुसँग एकताबद्ध भएर जान चाहिरहेको पनि स्पष्ट पारे। त्यस क्रममा विभिन्न राजनीतिक दलहका नेतृत्वहरुसँग कुराकानी भइरहेको पनि बताए। उनले भने, ‘हामीले संयुक्त जनमोर्चासँग कुरा गर्यौंन उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, नेकपा माओवादी मोहन बैद्यजीहरुको समूहसँग कुरा गर्यौंत उहाँहरु पनि सकारात्मक हुनुहुन्छ, अरु लोकतान्त्रिक पार्टीहरु पनि हाम्रो कुरालाई सकारात्मक रुपमा लिइरहनु भएको छ। हामी सबै सकारात्मक शक्तिहरुसँग एकतावद्ध भएर जान चाहन्छौं। हामीले कसैप्रति नकारात्मक भाव राख्नुपर्ने छैन। तर यदी हाम्रो पार्टी अगाडी बढ्ने क्रममा कसैले बाधा अवरोधहरु खडा गर्योर भने त्यसका विरुद्धमा हामी जुध्नका लागि तयार छौं। यही संकल्पका साथ हामी यहाँ भेला भएका छौं।’

    आफूलाई केपी ओली पक्षले भावनात्मक ब्ल्याकमेल गरिरहेको पनि बताए। आफूलाई प्रचण्डसँग मिल्न जाने, कार्यकर्ता बन्न जाने भन्दै ब्ल्याकमेल गरिरहेको बताए। तर केपी ओलीले प्रचण्डसँग चोचोमोचो मिलाउँदा विरोध गर्ने व्यक्ति आफू नै भएको बताए। अहिले प्रचण्ड र अन्य दलहरुसँगको दुरी बढाउनका लागि र आफ्नो सत्ता जोगाउनका लागि केपी ओलीले देशको हितमाथि कुठाराघात गरिरहेको नेता नेपालले आरोप लगाए। उनले भने, ‘कहिलेकाहिं भावनात्मक ब्ल्याकमेल हुन्छ। भावनात्मक ब्ल्याकमेल के हो भन्दाखेरी माओवादीसँग नजिक हुने, प्रचण्डको कार्यकर्ता हुन जाने, हिजो केपी ओली र प्रचण्डको चोचोमोचो मिलेको थियो कि थिएन? मै हुँ त्यो आवाज उठाउने। दुईवटाको चोचोमोचो मानिदैन भन्ने मान्छे मै हुँ। आज आएर प्रचण्डसँगको दुरी बढाउनका लागि र अरुपार्टी सँगको दुरी बढाउनका लागि आफू भने अत्यन्तै तल्लो दर्जामा गइकन सत्ता जोगाउनका लागि जुनसुकै तहमा पनि सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्नु पर्दैन। देशको हितमाथि कुठाराघात गर्नुपर्ने हो कि, संविधान नै समाप्त पारिदिने हो की, संघीयता नै निलिदिने हो कि समावेशिता नै समाप्त पार्ने हो कि गणतन्त्र नै खाइदिने हो की, ४७ सालको संविधान व्युँताउने हो की, देशलाई विभिन्न जातीय आधारमा खण्ड विखण्ड पारिदिने हो की, अनि धार्मिक हिसाबले पुरै एउटा राज्य एउटा धर्मको देश बनाएर अरु धर्मका मान्छेहरुलाई अत्यन्तै असहज अवस्थामा बस्ने स्थितिमा पुर्यारइदिने हो की यावत कुराहरुमा मान्छेले गहिरो गरी वाच गरिरहेका छन्।’
     
    केपी ओलीले आफूहरुलाई छ महिनाका लागि निलम्बन गरेर आफ्नो बास्तविक स्वरुप देखाएको पनि नेता नेपालले बताए। आफूहरुमाथि कारबाही गर्दा घुँडा टेक्न आउँछन् कि भन्ने भ्रम केपी ओलीमा रहेको पनि उनले बताए। अहिले प्रतिनिधिसभा व्युँतिएपछि पनि ओलीले चुनाव गराउँछु भन्दैं हिंडिरहेको पनि बताए।
     
    उनले भने, ‘मलाई निलम्बन गर्ने घोषणा गर्नुभयो। भीम रावललाई निलम्बन गर्ने घोषणा गर्नुभयो अनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई त ब्राइकेटमा के पनि लेखिदिएको छ भने की तपाईहरु प्रतिनिधि सभाको सदस्य हुनुहुन्छ हाललाई हटाएको छैन। डरले थरथर काम्छन् की घुँडा टेक्छन् कि समर्पण गर्छन की मेरो पद जोगाईदेउ भन्छन की भनेर लेखेको होला। त्यो पद त उहिले गइसकेको थियो। उहिले भंग गरेको होइन प्रतिनिधि सभा। प्रतिनिधि सभा त केपीले नचाहँदा नचाहँदै पनि सर्वोच्च अदालतले व्युँताइदिएको हुनाले केही महिनासम्म बसेका छौं। सँधै सुनेका छौं अब चुनाव छिटो हुन्छ। केपी ओलीले नै चुनाव गराउँछन अब हेर्न बाँकी नै छ।’

    नेता नेपालले केपी ओलीसँग जोडिएका व्यक्तिहरुले आफूहरुलाई पहिलादेखि नै सताउँदै आएको पनि बताए। २०५१ सालदेखि नै मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीमा गुटको कमिटी बनाउँदै केपी ओली हिंडेको स्पष्ट देखिएको पनि उनले बताए। अहिले आफूहरुले पार्टी जोगाउन र बचाउन धेरै प्रयत्न गरे पनि केपी ओलीको अगाडि नसकेको पनि नेता नेपालले बताए। केपी ओलीको प्रवृतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारे। ओलीसँग आफूहरुको विचारमा विवाद भएको पनि बताए। आफूहरु सामूहिकता, बहस र विचार मन्थनमा विश्वास गर्ने तर अध्यक्ष ओली व्यक्तिवादी, आदेश र निर्देशनमा विश्वास गर्ने भएकाले विवाद भएको पनि नेता नेपालले बताए।

    चैत्र २६, २०७७ बिहिवार ०८:५४:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana