Logo

शनिवार, बैशाख ४ गते २०७८

सरकारले ल्याउँदै सबैको निद्रा हराम गर्ने विधेयक ! कांग्रेसको चर्को विरोध

सरकारले ल्याउँदै सबैको निद्रा हराम गर्ने विधेयक ! कांग्रेसको चर्को विरोध

Nepal Pana चैत्र २६ २०७७
  • 8.4K
    SHARES
  • सरकारले ल्याउँदै सबैको निद्रा हराम गर्ने विधेयक ! कांग्रेसको चर्को विरोध

    काठमाडौं । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।

    सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्ने कान्तिपुरले लेखेको छ ।

    सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको सांसद सञ्जय गौतमले बताए ।

    चैत्र २६, २०७७ बिहिवार ०९:२०:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # समाचार

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana