Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

प्रधानमन्त्रीलाई च्यालेञ्ज गर्ने गगन थापालाई आफ्नो औकात नबिर्सिन महेश बस्नेतको चेतावनी 

प्रधानमन्त्रीलाई च्यालेञ्ज गर्ने गगन थापालाई आफ्नो औकात नबिर्सिन महेश बस्नेतको चेतावनी 

नेपालपाना चैत्र २६ २०७७
  • 18.3K
    SHARES
  • प्रधानमन्त्रीलाई च्यालेञ्ज गर्ने गगन थापालाई आफ्नो औकात नबिर्सिन महेश बस्नेतको चेतावनी 

    काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले कांग्रेसले प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न नसुहाउने बताएका छन् । संसदमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद गगन थापालाई जवाफ दिँदै बोकाको शैलीले दाई नगरिने भन्दै दाई गर्नका लागि गोरुकै शैली चाहिने बताए । थापालाई बालहठ प्रदर्शन नगर्न पनि उनले चेतावनी दिए । 

    ‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ’, उनले भने ।

    उनले त्रेता र द्वापर युगमा समेत रावण र कंश प्रवृत्ति रहेको भन्दै अहिले प्रधानमन्त्री ओलीले त्यस्ता प्रवृत्तिलाई परास्त गर्दै राजनेताको रुपमा अघि बढेको दावी गरे । उनले रानीपोखरी बनेको कुराले भानु स्कुल बनेको कुराले एकैदिन ३ सय ९६ अस्पताल शिलान्यास भएको कुराले किन टाउको दुख्दैछ भन्दै प्रश्न गरे ।

    विगतमा जाँचिएका असफल भएका नेताहरुका चेलाहरूले संसदलाई प्रभावकारी ढंगले चल्न नदिएको आरोप लगाए । उनले राजनीतिक अस्थिरता, अन्यौलता र विभाजनको स्थिति बढेको अहिलेको अवस्थामा सदन अस्वस्थ खालको बहस चलाउन थालेको दावी गर्दै प्रधानमन्त्री ओलीको जबर्जस्ती राजीनामा माग गर्दै गलहत्याउने कुरा पनि भइरहेको उल्लेख गरे ।

    उनले प्रधानमन्त्री संसद बैठकमा आएका दिन बैठक बस्न आलटाल गर्ने गरेको दावी समेत गरेका छन् । १ महिनामा ६ पटक बैठक बस्दा फागुन २३ गते संसदमा प्रधानमन्त्री ओली १ घण्टा बसेर फर्किएको, दोश्रो बैठकमा ४५ मिनेट बसेर फर्किएको, तेश्रो बैठकमा ३० मिनेट बसेर फर्किएको बताउँदै जुन दिन प्रधानमन्त्री बैठकमा आए त्यो दिन सभामुख लगायत कार्यव्यवस्था परामर्श समितिको बैठकले आलटाल र ढिलासुस्ती गरेको सांसद बस्नेतको दावी छ ।

    सांसद थापाले प्रधानमन्त्री ओलीलाई उद्घाटनको तमासा गरेको भन्दै कति विकास भयो छुट्टै बसेर बहस गर्न चुनौती दिएका थिए । उनले थला परेको आयोजनालाई अगाडि नबढाउने र भइसकेको आयोजना उद्घाटन गर्ने, मिथ्याङ्क ल्याएर यो भएको छ, त्यो भएको छ भन्दै २ वर्षअघि नै निर्माण सकिएको पुलको उद्घाटन गरेको बताउँदै प्रधानमन्त्रीले डिजाइन पैसा केही नभएको सडक आयोजनामा प्रधानमन्त्रीले प्याट्ट स्विच थिचेर उद्घाटन गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    चैत्र २६, २०७७ बिहिवार १७:१३:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • # महेश बस्नेत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana