Logo

आइतवार, जेठ २ गते २०७८

कोरोनाबाट जोगिन प्रधानमन्त्रीले दिए नयाँ टिप्स !

कोरोनाबाट जोगिन प्रधानमन्त्रीले दिए नयाँ टिप्स !

नेपालपाना चैत्र २६ २०७७
  • 2.6K
    SHARES
  • कोरोनाबाट जोगिन प्रधानमन्त्रीले दिए नयाँ टिप्स !

    काठमाडौं। नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसअघि कोरोना संक्रमण बढेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खाने भन्ने कुराले निकै चर्चा पाएको थियो ।

    हुन पनि हिउँदमा र घाटी, नाक, श्वासप्रश्वास प्रणालीमा संक्रण्मा गर्ने कोरोना भाइरसको संक्रमणलाई तातो पानीले साच्चै राह दिन्छ । यसपटक प्रधानमन्त्री ओलीले फेरि नयाँ टिप्सहरु दिएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने  बताएका छन् ।

    यसबाहेक अन्य टिप्स दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं पहिले गएर नाकमा बस्ने हो, कोरोना त्यहिँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’

    नेपालमा कोरोनान भाइरसको संक्रमण पछिल्लो समय फेरि बढ्दै जाँदा सचेत रहन एवं स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

    चैत्र २६, २०७७ बिहिवार १८:५८:१० बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana